रुपन्देहीमा पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।
दुई अलग अलग स्थानमा पौडी खेल्नेक्रममा डुबेर उनीहरुको मृत्यु भएको हो । रूपन्देहीको सैनामैनामा नगरपालिका वडा नम्बर ३ स्थित काली रह र सैनामैनाकै वडा नम्बर ८ स्थित ईङ्गुरिया खोलामा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो ।
कालिरहमा डुबेर मृत्यु हुनेमा सैनामैना नगरपालिका ८ बासगढीका ३२ बर्षिय डोलबहादुर खप्तरी मगर रहेको प्रहरीले जनाएको छ । उनी पांच जना साथीहरूको साथमा पौडी खेल्न गएका थिए । शनिवार दिउंसो ३ बजे रहमा डुबेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
त्यस्तै सैनामैना वडा नम्बर ९ शंकरपुर स्थित ईङ्गोरिया खोलामा डुबेर सैनामैना ८ शान्तिनगर बस्ने १८ वर्षका आशिष न्यौपानेको मृत्यु भएको हो । न्यौपाने शनिवार साझ पंँच बजे खोलामा डुबेको ईलाका प्रहरी कार्यालय सालझण्डिले जनाएको छ ।उनिहरु दुवैको शव पोष्टमाटमका लागि प्रदेशिक अस्पताल बुटवलमा ल्याईएको छ ।