वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६३औं बुद्ध जयन्ती मनाइँदैछ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रूपमा लिने गर्छन्। बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्विनीमा आज बुद्धजयन्ती मूल समारोह आयोजना गरीएको छ।
लुम्विनी आयोजित बिभिन्न कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री ओली शुक्रवार नै लुम्विनी आएका छन्। हिजो साँझ लुम्विनीमा दीप प्रज्वलन गरेका प्रधानमन्त्री ओली ले आज विहान मायादेबि मन्दिरमा बिशेष पूजा अर्चना गरे। उनले शान्ती र्यालीको शुभारम्भ, भिक्षु भिक्षुणीहरुलाई भोजन दान र बृक्षारोपण गरेका छन्। आजै सबै भन्दा ठूलो राष्टिय झण्डाको झण्डोत्तोलन गरी उदघाटन गर्ने कार्यक्रम पनि रहेको लुम्विनी बिकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनी शाक्यले जानकारी दिए।
बुद्धजयन्तीका अवसरमा आयोजना हुने बिशेष समारोहका लागि राष्ट्रपति बिद्यादेबि भण्डारी केहिवेरपछि हेलिकप्टरबाट लुम्विनी आउने कार्यक्रम रहेको छ।
राष्ट्रपति भण्डारीले प्रदेश ५ को सरकारले घोषणा गरेको लुम्विनी भ्रमण वर्ष २०७६को औपचारिक शुभारम्भ गर्नुे कार्यक्रम पनि रहेको छ।
लुम्बिनीमा भिआईपीहरुको उपस्थिती रहेकोले सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ। केहि वेर सर्वसाधारणहरुलाई मायादेवी मन्दिर दर्शनमा पनि रोक लगाइने कार्यक्रम रहेको छ। आज लुम्बिनीमा दशाैं हजारको सहभागिता रहने अपेक्षा पनि गरिएको छ।