बुटवल, सेवाग्राहीसंगबाट घुस रकम लिर्दै गर्दा पश्चिम नवलपरासीस्थित नापी कार्यालयका सर्वेक्षक छत्रबहादुर ठकुल्ला अख्तियारको फन्दामा परेका छन् ।
नपुगेको जग्गा मिलाईदिने भन्दै सेवाग्राहीसंग घुस रकम लिंदालिंदै उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयको टोलीले सेवाग्राहीसंग २० हजार घुस लिँदै गर्दा ठकुल्लालाई रंगेहात पक्राउ गरेको विज्ञक्ती मार्फत जनाएको छ ।
आफ्नै कार्यकक्षमा आइतबार दिउसोको समयमा ठकुल्लाले २० हजार रुपैया घुस लिदै थिए । पियिडतको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको अख्तियार बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।