सरकारले विगत ५ महिनादेखि क्यान्सर रोगीलाई दिँइदै आएको एक लाख आर्थिक सहायता पनि बन्द गरेको छ।
बजेटको अभावमा ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँइदै आएको १ लाख आर्थिक सहायता बन्द गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौंधरीले जानकारी गराएकी हुन्।
राजधानीमा आइतबार आयोजित ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा उनले भनिन् ‘बजेटको अभाव भएकाले सरकारले हाललाई क्यान्सर रोगीहरुको सूचि तयार पार्ने काम पनि स्थगित गरेका छौं।’
सचिब चौधरीले आँखाको क्यान्सर रोगको उपचारको लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने आश्वासन दिइन्। उनले क्यान्सरजस्ता जटिल रोगको उपचारका लागि कम्तीमा पनि ५ लाख आर्थिक सहायता उपलब्ध गराउने प्रयास भइरहेको बताइन्।