बुटवलमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल ट्रक समितिको निर्वाचनान मिश्रित परिणाम आएको छ।
पार्टी निकटताका आधारमा दुईवटा प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। जसमा अध्यक्ष नेकपा निकट व्यवसायी यम प्रसाद पाण्डे निर्वाचित भए। पदाधिकारी र सदस्यहरुमा भने कांग्रेस निकट व्यवसायी विजयी भएका छन्।
अध्यक्षमा काग्रेस निकटका हरी प्रसाद कडेललाई १ सय बढी मतले पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्। समितिको अध्यक्ष सहित एक उपाध्यक्ष र २ सदस्यमा नेकपा निकटका उम्मेद्धारहरु बिजयी भए पनि बरिष्ठ उपाध्यक्ष सहित अधिकांश पदाधिकारी र सदस्यमा काग्रेस निकटका उम्मेद्वारहरु बिजयी भएका छन्।
नेकपा निकटका पाल्पा, गुल्मी, स्याङ्जा रुट उपाध्यक्षमा गोबिन्द बहादुर बिसी र सदस्यमा गोपाल लम्साल र भोला खाँण निर्वाचित भए।
काग्रेस निकटका बरिष्ठ उपाध्यक्षमा प्रताप बहादुर कार्की, खुल्ला उपाध्यक्षमा सिद्धार्थ उदय, कपिलवस्तु अर्धाखाँची रुट उपाध्यक्षमा गणेश घिमिरे र कोषाध्यक्षमा हरी प्रसाद रिमाल निर्वाचित भए।
त्यस्तै सदस्यमा काग्रेस निकटका कृष्ण ठकुरी, लक्ष्मण गैरे (नेताजी) , कृष्ण बहादुर केसी, ओमकान्त तिमिल्सीना, तिलक प्रसाद काफले, देबेन्द्र बानियाँ, शोभाकान्त पाण्डे, नारायण प्रसाद रेग्मी निर्वाचित भए। शनिबार भएको मतदानको परिणाम मध्यरातमा सार्वजनिक भएको निर्वाचन समितिका संयोजक अधिवक्त महेन्द्र पाण्डेले बताए। यसअघि उम्मेदवारी दर्ताका क्रममा महा चिव सहित ७ पदाधिकारी पदमा निर्विरोध भएको थियो।
त्यसरी निर्विरोध हुनेमा महासचिवमा जितु भाट, सचिवमा वसन्त खडका, रुपन्देही उपाध्यक्षमा अर्जुन कुमार भुसाल र डिल्ली राज रिजाल, नवलपरासी सेक्टर उपाध्यक्षमा खिम बहादुर थापा क्षेत्री नारायण,नवलपुर सेक्टर उपाध्यक्षमा पर्शुराम भण्डारी रामु र काठमाण्डौ सेक्टर उपाध्यक्षमा रमेश कुमार फौज्दार रहेका छन्। झण्डै ११ सय मतदाता रहेको ट्रक समितिमा ७ सय ६० मत खसेको थियो।