मकवानपुर प्रहरीले अनैतिक क्रियाकलाप हुनेगरेको भन्दै हेटौँडा १० बसपार्कस्थित एक होटलबाट तीनजनालाई पक्राउ गरेको छ ।
बिहिबार दिउँसो बसपार्कस्थित घलान होटलको तेस्रो तल्लामा रहेको ७ नं कोठाबाट आपत्तिजनक अबस्थामा एक महिलालाई फेला परेपछि होटल सञ्चालक गणेशबहादुर घलान र होटलमा काम गर्ने श्रीकृष्ण खडगेलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ परेकाहरुलाई सार्बजनिक हीत, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताबिरुद्धको कसुर अपराध अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ । पक्राउ परेकाहरुलाई जिल्ला अदालत पेस गरी अनुसन्धानका लागि म्याद थप गरी कारबाही अघि बढाइएको प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सागर बिक्रम राणाले बताए ।