हेटाैंडामा ग्यास सिलिण्डर विस्फाेट हुँदा एक जना घाइते भएका छन्।
उपमहानगरपालिका १५ मा रहेकाे एक निजी विद्यालयको क्यान्टिनमा बिहिबार बिहान ग्याँस सिलिन्डर बिस्फोट हुँदा संञ्चालक राजेन्द्र लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।
बिस्फोटपछि भएको आगलागीमा कारण क्यान्टिनका सबै सामान जलेर नष्ट भएका छन्। घाइते लामाको उपचार स्थानीय प्राथमिक स्वास्थ्यचौकीमा गरिएको छ।
अचानक ग्याँस सिलिन्डर बिस्फोट भई आगलागी भएपछि स्थानीयबासिन्दाहरु त्रसित भएका थिए।