प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले बृहत् विराट विकास क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई आज प्रमाणीकरण गरेका हुन् ।
विधेयक प्रमाणीकरणपछि लामो समयदेखि थाती रहँदै आएको प्रदेशको नामकरण र राजधानीको विषय टुङ्गो लगाउन प्रदेश सरकारलाई बाटो खुलेको छ ।
अहिलेसम्ममा २७ वटा पारित विधेयकको प्रदेश प्रमुख प्रा डा तुम्वाहाङले प्रमाणीकरण गरिसक्नुभएको उनका प्रेस सल्लाहकार शेखर रेग्मीले जानकारी दिए । प्रदेशसभाको यही वैशाख १९ गते बस्ने बैठकमा प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रस्ताव ल्याउन सभामुख प्रदीपकुमार भण्डारीले यही वैशाख १५ गते बसेको बैठकमा आह्वान गरेका थिए ।