हरिवन नगरपालिकामा ५ दिनदेखि इनारमा खसेका एक वृद्धको सोमबार नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।
हरिवन नगरपालिका ५, घुर्कौलीका ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेनाको रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले जीवितै उद्धार गरेको हो ।
गएको वैशाख १२ देखि हराइरहेका जिम्बालाई सोमबार ३० फिट गहिरो पानी सुकेको इनारमा स्थानीय १३ वर्षीय विवश पाख्रिनले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्वास्थ्य अवस्था कमजोर रहेका जिम्बाको हरिवनस्थित नमुना अस्पतालमा उपचार भइरहेको छ ।