प्रदेश नम्वर १ का उधोग,पर्यटन,वन तथा वातावरणमन्त्री जगदिश कुशियैतले गौतमवुद्धको जन्मस्थल लुम्बिनी पर्यटकस्थल मात्रै नभई शान्ति क्षेत्रको रुपमा पहिचान बनाएकोले सबै नेपाली त्यहाँ पुग्नैपर्ने बताएका छन् ।
लुम्बिनी भ्रमणवर्ष २०७६ को प्रचार–प्रसारका लागि आएको प्रचारप्रसार समितिले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा मन्त्री कुशैयतले लुम्बिनी भ्रमणवर्षले नेपालमा पर्यटन प्रर्वद्धनमा ठुलो मद्त पुग्ने भएकाले यसलाई सवै मिलेर सफल पुुर्याउनुपर्नेमा जोड दिए ।
पर्यटकलाई वोलाउने मात्र होइन उनीहरुलाई अतिथि देवो भव सरह सम्मान गर्नुपर्ने भन्दै यसो गर्न सकेको नेपाल भ्रमणमा आएका पर्यटकहरु पुन भ्रमणकालागि नेपाल आउने विश्वास व्यक्त गरे। मन्त्री कुशियैतले लुम्बिनी आउने पर्यटकलाई प्रदेश १ मा रहेका पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिलाउनु आवश्यक रहेको बताउदै एक नम्बर प्रदेश पनि भौगोलीक, धार्मिक सास्कृतिक स्ुन्दरताले भरिपुर्ण रहेकोले प्रदेश सरकारले प्रचारप्रसार लगायतका काम गरिरहेको बताए।
कार्यक्रममा प्रचार प्रसार समितिका संयोजक भरत केसीले मन्त्री कुशियैत मार्फत प्रदेशवासीलाई लुम्वनि भ्रमणवर्षको निम्तो दिएका थिऐ ।आगामी जेठ ४ गतेदेखि सुरु हुन लागेको लुम्बिनी भ्रमणवर्षमा विभिन्न कार्यक्रमको आयोजना गरीने भएको छ ।
लुम्बिनी भ्रमणवर्ष २०७६ मा २० लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना रहेको प्रचार प्रसार समितिका संयोजक केसीले जानकारी दिनुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लुम्बिनी भ्रमणवर्ष २०७६ लाई आधार योजनाको रुपमा प्रदेश ५ सरकारले अगाडी सारेको संयोजक केसीको भनाई छ ।
लुम्बिनी भ्रमणवर्ष २०७६ मा मायादेवी प्रसुती उत्सव, लुम्बिनी फुड फेस्टिबल, सडक प्रदर्शनी, मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन, पूर्णिमा उत्सव, धार्मिक यात्रा र त्रिपिटिक वाचन, योग तथा ध्यान शिविर, कोसेली घर जस्ता विशेषता समेत रहने बताइएको छ ।
यसैगरी बुद्धले खाएको खीर सुजता खिरले आउने पर्यटकलाई स्वागत गर्न सबै होटलहरुले यसलाई प्याकेजको रुपमा राखेको पनि प्रचार समितिले जानकारी दिएको छ । लुम्वनि भ्रमणवर्ष एकवर्ष सम्म संचालन हुने छ । त्यसका लागी ४ करोड १९ लाख रुपैया खर्च हुने जनाइएको छ ।