५ वर्षअघि नेपाल आएका फ्रान्सेली नागरिक जर्ज इगोर सिमान्स्की अन्तिम पटक २०१९ को फेबु्रअरीमा पुनः नेपाल आए । आउनेबित्तिकै उनको पहिलो निशाना बालबालिका नै भए । ‘म अनाथ बालबालिकालाई पढाउन सहयोग गर्छु, भूकम्पको समयमा आउन पाइनँ,’ भन्दै बालबालिकाको सम्पर्कमा पुुगे ।
फ्रान्ससमेत लैजाने लोभ देखाएर उनले बालबालिकाको यौनशोषण गर्न थाले । नेपाली बालबालिकालाई ललाईफकाई यौन दुव्र्यवहार गर्ने गरेको र अप्राकृतिक मैथुन गराएर पीडित बनाउने गरेको सूचनाका आधारमा सिमान्स्कीलाई प्रहरीले गत चैत २८ गते बिहान ४ बजे ठमेलको एक होटलबाट पक्राउ ग¥यो । त्यतिबेला उनी एक नेपाली बालकसँग सुतिरहेको भेटिए । प्रहरीले बालकलाई तत्काल उद्दार गरी स्वास्थ्य परीक्षणपश्चात परिवारको जिम्मा लगायो ।
अहिले ती फ्रान्सेलीलाई यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन अपराधअन्तर्गत मुद्दा दर्ता भइ अनुसन्धान भइरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार ती फ्रान्सेलीविरुद्ध अर्का एक बालकका तर्फबाट पनि उजुरी आएको छ । यतिमात्र नभई उनलाई सन् २००० मा फ्रान्समै पनि बालबालिकामाथि यौनशोषण गरेको अभियोगमा पक्राउ गरी कारवाही भएको थियो ।
०००
क्यानडाका पिटर जोन डलग्लिसको प्रोफाइल हेर्ने हो भने कसैले पनि उनी बाल यौनदुराचारी होलान् भनेर सोच्दैनन् । राष्ट्रसंघका जागिरे उनी युएन ह्याबिट्याटको अफगानिस्तान प्रमुखका रुपमा २०१० देखि २०१४ सम्म कार्यरत रहे । विश्व स्वास्थ्य संगठनमा सिनियर अर्बान एडभाईजरका रुपमा लाइबेरियामा खटिए । विश्व खाद्य संगठनका कर्मचारी भई डार्फुरमा कार्यरत रहे । ३ वटा मानार्थ विद्यावारिधी पाएका थिए । नेपालमा भने हिमालयन कम्युनिटी फाउन्डेशन सन्चालन गरी गरिब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गरिरहेका थिए ।
तर नेपालमा कार्यरत रहेका बेला उनको गिद्धेनजर बालबालिकामा प¥यो । आफू कार्यरत क्षेत्रका बालबालिकालाई पढाइदिने, विदेश घुमाइदिने, ठूलो भएपछि जागिर लगाइदिने लोभ देखाउँदै तिनीहरुलाई यौन दुराचार गर्न थाले । प्रहरीले उनलाई २०७४ चैत २४ गते काभ्रेको मण्डन देउपुर १ चिनकाजी महर्जनको घरबाट पक्राउ ग¥यो । उनको कोठाबाट २ बालकको उद्दार भयो ।
०००
विभिन्न आवरणमा पर्यटक भिसामा आएका विदेशीहरुको यौन दुराचारको शिकार अधिकांश न्युन आर्थिक अवस्थाका र कमजोर शैक्षिक अवस्थाका बालबालिकाहरु पर्ने गरेका छन् । प्रहरीले २ वर्षमा यस्ता १२ यौन दुुराचारीलाई पक्राउ गरेको छ भने १७ बालबालिकालाई उद्दार गरेको छ । यस्ता अपराधमा बढी युरोपेली र अमेरिकी नागरिक संलग्न रहेको ब्यूरोका अधिकारीहरुको भनाइ छ ।
ब्यूरोका डीएसपी कवित कटवालले न्यून आर्थिक स्थिति तथा कमजोर शैक्षिक अवस्था भएका परिवारका र अनाथ बालबालिकालाई विभिन्न प्रलोभनमा फसाई यौन दुराचार गरिएको पाइएको बताए । उनका अनुसार त्यस्ता बालबालिकाका नांगा तस्बिर तथा भिडियोहरु अश्लील वेबसाइटमा राखी पैसा कमाउने माध्यम बनाइएको पाइएको छ ।
विदेशी भन्नेबित्तिकै आँखा चिम्लेर विश्वास गर्ने हाम्रो समाजको परम्पराका कारण पनि यस्ता घटना हुने उनको भनाइ छ । ‘हाम्रो नेपाली समाज विदेशी भन्नेबित्तिकै संस्कारी, सहयोगी हुन्छन् भन्ने सोच्छौं । तर उनीहरुले हाम्रा समाजमा के गर्दैछन्, हाम्रा बालबालिकामथि कस्तो व्यवहार गर्दैछन् भन्ने कुरामा हामी अनविज्ञ हुन्छौ । जसले गर्दा उनीहरुले यस्ता कुराको फाईदा उठाउँछन् र उनीहरुलाई यस्ता अपराध गर्न सहज पनि भईरहेको छ,’ उनले भने । यस्तै मौकाकोे फाईदा उठाएर अनेक प्रलोभन देखाई बालबालिकामाथि यौन दुराचार भईरहेको उनको भनाइ छ ।
सिआइबीका अनुसार विशेषगरी, ४० देखि ७० वर्ष उमेरका विदेशी नागरिकहरुले ७ देखि १६ वर्षका बालबालिकालाई यौन शोषणको शिकार बनाएका छन् । कट्वालले भने, ‘यस्ता कति घटना त हाम्रै घर भित्रकै बच्चासंगै पनि घटिरहेका छन् । तर कति बच्चाहरु लाज र हिनताले गर्दा बताउने गर्दैनन् ।’
बालबालिकामा मानसिक असर
यस्ता अपराधका शिकार भएका बच्चाहरुमा नबोल्ने, नयाँ मान्छे देख्नेबित्तिकै कुट्न झम्टिने खालको गम्भीर मानसिक असर पर्ने गरेको ब्यूरोका अधिकारीहरु बताउँछन् । यस्ता बच्चाहरुलाई तत्कालै शारीरिक तथा मनोवैज्ञानिक परीक्षणका लागि अस्पताल लगिन्छ । तर बालबालिकामा यस्तो अपराधको असर लामोसमयसम्म पर्ने अधिकारीहरु बताँउछन् ।
‘हामीले यस्ता अपराध निर्मुल पार्न ७७ वटै जिल्लाहरुमा ब्यूरोका गस्तीहरु खटाईरहेका छौ । नेपाल बाल यौन दुराचारको क्षेत्र होईन भन्ने सन्देश दिन सकृय रुपमा अनुसन्धान गरिरहेका छौं,’ डीएसपी कटवाल भन्छन् । यस्तो बालयौन दुराचारमा जबर्जस्ती करणीअन्तर्गत अधिकतम २० वर्ष कैद सजाय तथा पीडितलाई मनासिबमाफिकको क्षतिपूर्ति समेत भराउने कानुनी व्यवस्था रहेको उनले उल्लेख गरे ।