नेपाल विद्युत प्राधिकरण सब-स्टेसन चन्द्रौटामा आगलागी भएको छ । आगलागीका कारण जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको छ ।
सब-स्टेसनको ट्रान्सर्फमरमा आइतबार बिहान ४ बजेतिर आगलागी भएको हो । आगलागीका कारण कृष्णनगर औद्योगिक क्षेत्र, कृष्ण नगर, तौलिहवालगायत क्षेत्रमा सेवा अवरुद्ध छ ।
नेपाल विद्युत प्राकिरणका अनुसार ट्रान्सर्फमर मर्मतको प्रयास भइरहेको छ । आगलागीबाट ५० लाख रुपैयाँबराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।
ओभरलोडका कारण आगलागी भएको प्रारम्भिक अनुमान छ ।