प्रदेश ५ का तीन जिल्ला औलोको उच्च जोखिममा रहेका पाईएको छ । प्रदेश ५ का बाँके, बर्दिया र कपिलबस्तु जिल्ला औलो रोगको उच्च जोखिममा रहेको सामाजिक बिकास मन्त्रालयको तथ्याङकमा उल्लेख छ ।
बाँकेको राप्ती सोनारी गाउपालिका वडा नम्बर ३, बर्दियाको ठाकुरबाबा नगरपालिका बडा नम्बर २ र कपिलबस्तुको महाराजगञ्ज नगरपालिकाको बडा नम्बर ४ उच्च जोखिममा रहेको छ । मन्त्रालयका स्वाथ्य सुचना अधिकृत शैलेन्द्र पाण्डेले अन्य जिल्लामा पनि औलो प्रभाव कायमै रहेको जानकारी दिए ।
बिगतमा तराईका जिल्लामा बढी मात्रामा देखिने औलो पछिल्लो समय पहाडि जिल्लामा पनि दखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका बरिष्ठ जनस्वास्थ्य प्रशाशक केयरसिंह गोदारले जानकारी दिए ।
उनले पहाडि जिल्लामा पनि गर्मी मौसम बढ्दै जानु र भारतमा काम गरेर फर्किने हरुले मलेरियाको संक्रमण लिएर आएका कारण पहाडि जिल्लामा औलो देखा पर्न थालेको बताए ।त्यस्तै रुपन्देहीका ३ नगरपालिका र २ गाँउपालिका अझै औलोको जोखिममा रहेका छन् । रुपन्देही सदरमुकाम सिद्धार्थनगर भैरहवाका २ वटा बडा जोमिमा रहेको छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार सिद्धार्थनगर नगरपालिकाका १३ वटा बडा मध्ये वडा नम्बर १ र ३, देवदह नगरपालिकाको ९ र ११, लुम्बिनी सास्कृतिक नगरपालिकाको ६, सम्मरीमाई गाँउपालिकाका ४ र कोटहिमाई गाँउपालिकाको ७ नम्बर वडा जोखिममा रहेका छन् ।खुला सिमानाका, खाल्डा खुल्टीमा जम्ने पानी लगाएतका कारण औलोको जोखिममा परेको स्वास्थ्य कार्यालयका रुपन्देहीले जनाएको छ ।