डडेल्धुराको साउखर्कमा बुधबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ३४ यात्रु घाइते भएका छन् ।
प्रहरीका अनुसार कैलालीको धनगढीबाट बझाङका लागि छुटेको कर्णाली रिभरको ना.६ख १८३१ नम्बरको बस डडेल्धुराको साउखर्कमा बुधबार बिहान दुर्घटना भएको हो ।
बस सडकबाट करिब २ सय मिटर तल आलुबारीमा खसेको छ । बसमा क्षमताभन्दा बढी यात्रु रहेको प्रहरीको भनाइ छ। घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइएको छ ।
मृत्यु हुनेमा बझाङको केदारस्यूका ४ का २५ वर्षीय नरेन्द्र गुरधामी, सोही ठाउँकी ५५ वर्षीया कल्सीदेवि गुरधामी, हरुली बोहरा, तल्कोट ४ का २२ वर्षीय धनबहादुर घर्ती र २५ वर्षीय भारतीय नागरिक मोहम्मद नासिर रहेको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
प्रहरीले उपलब्ध गराएको घाइतेहरुको नामथर र ठेगाना ।