राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन्।
अस्पतालका निर्देशक डा प्रेमकृष्ण खड्काका अनुसार राष्ट्रपतिले पेटको इन्डोस्कोपी समेत गराएको बताए।
राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।चीन भ्रमण जानु दुई दिनअघि राष्ट्रपतिले आज(सोमबार) शिक्षण अस्पताल महाराजगंज पुगेर स्वास्थ्य परिक्षण गराएकी हुन्।
उनी हरेक तीन महिनामा स्वास्थ्य जाँचका लागि शिक्षण अस्पताल जाने उनका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए ।