धर्मपुत्रको रुपमा स्विजरल्याण्ड पुुगेका नेपाली मुलका स्वीस नागरिक ३९ वर्षपछि आमा खोज्दै विराटनगर आएका छन् । सन १९८० मा धर्मपुत्रको रुपमा स्विजरल्याण्ड पुगेका ३९ वर्षिय राजु स्वइजर आमा रुपा राईलाई खोज्दै विराटनगर आएका हुन् ।
स्वीस् नागरिक हेम स्वइजर र उनकी श्रीमती भेटा स्वइजर केलरले राजुुलाई धर्मपुत्रको रुपमा स्विजरल्याण्ड लगेका थिए । त्यतिखेर राजुको उमेर ६ महिनाको थियो । विराटनगरका वृद्धा आश्रम , अनाथालय लगायत विभिन्न ठाउमा खोजि गरेपनि आमा नभिटिएको उनले सुनाए ।
भारतको सिलिगडीमा स्वइसनागरिकलाई धर्मपुुत्रको रुपमा आफूलाई जिम्मा लगाएर पूर्वि नेपालको कुुनै ठाउमा रहेको दिदिको घरमा आमा वस्न थालेको उनको भनाई छ । त्यहि अनुमानमा उनी आमा खोज्दै विराटनगर आएका हुुन् । ६ महिनाको हुुदा धर्मपुत्र भएर विदेस जानु परेकाले आफनो आफन्त इस्टमित्र काहा को-को छन् थाहा नभएको उनको भनाई छ । अनुहार रंग रुप नेपाली जस्तो देखिएपनि राजु नेपाली वोल्न जान्दैनन । पासर्पोटमा उनको नाम राजु स्वइजर छ ।
आमा खोज्दै उनी जिल्ला प्रसासन कार्याल मोरङमा समेत पुगेका छन् । रुपा राईको नाममा वनेका सवै नागरिक्ताको फोटो हेरेर आमालाई चिन्ने प्रयास समेत उनले गरे । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले मोरङमा रुपा राईको नाम गरेका १० जनाले नागरिक्ता लिएको पाइएको र उनको आमाको उमेरसंग मेलखाने एकजना रुपा राईले देखिएको बताए । राजुको आमा खोज्नका लागि जिल्ला प्रसासनवाट कार्यालयवाट हुन सक्ने सवै सहयोग गरिरहेको पनि सहायक प्रजिअ ओलीको भनाई छ ।