वरिष्ठ साहित्यकार वसन्तकुमार शर्मा नेपालको आज निधन भएको छ ।
विभिन्न रोगबाट थलिएका शर्माको ९७ वर्षको उमेरमा कुमारीगालस्थित निवासमै निधन भएको हो । नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’ का लेखक उनको दर्जनौं साहित्ससम्बन्धी पुस्तकहरु प्रकाशित छन् ।
उनले ‘नेपाली शब्दसागर’ लेखनमा मात्रै १५ वर्ष लगाए । विसं १९८४ को रामनवमीमा महारागन्जमा जन्मिएका शर्मा संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका छन् । उनी रत्नराज्य क्याम्पस, पशुपति क्याम्पसलगायतका शैक्षिक संस्थाको संस्थापकसमेत हुन् । शर्माको श्रीमतीसहित ४ छोरा र ३ छोरी छन् ।