इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा एक नाबालकको मृत्यु भएको छ । मेचीनगर ६ का १५ वर्षीय किरण कार्कीडोली दर्जीको मृत्यु भएको हो ।
प्रहरीले यसलाई आत्महत्या भनेको छ भने आफन्तले यातनाबाट बालकको मृत्यु भएको दाबी गरेका छन् । किरण पक्राउ परेको र हिरासतमा राखिएको जानकारी प्रहरीले उनका परिवारलाई नै दिएको थिएन ।
मृत्युपछि पनि परिवारलाई थाह नदिई शंकास्पद रूपमा रातारात शव पोस्टमार्टम गर्यो । बिर्तामोड प्रहरीले झुन्डिएर आत्महत्या गरेको दाबी गरेको छ । तर, हिरासत कक्षमा झुन्डिन मिल्ने ठाउँ छैन ।
प्रहरीले किरणलाई हिरासतमा गैरकानुननी रूपमा राखेको थियो । अदालतबाट म्याद थपसमेत नगरी तीन दिनसम्म हिरासतमा राखेको खुलेको छ । जब कि बयानका लागि २४ घन्टाभन्दा बढी हिरासतमा राख्न अदालतबाट म्याद थप गर्नुपर्छ । -नयाँ पत्रिका दैनिकबाट