समाचार लेखेकै आधारमा पक्राउ गरी विद्युतीय कारोबार ऐन मुद्दा चलाइएका पोखराका पत्रकार अर्जुर गिरी बिहीबार साधारण तारेखमा रिहा भएका छन्।
बिहीबारै दर्ता भएको मुद्दामा भएको थुनछेक बहसपछि काठमाडै जिल्ला अदालतका न्यायाधीश अमर पौडेलको इजलाशको आदेशबाट उनी रिहा भएकाे नेपाल पत्रकार महासंघका सचिब प्रकाश थापाले जानकारी दिए।
पोखराका ब्यवसायी वीपेन्द्रराज बतासले ठगी गरेको समाचार प्रकाशित गरेपछि सीआइबीले वैशाख १ गते गिरीलाई पक्राउ गरेको थियो। उनी ताण्डब न्युज साप्ताहिकका सम्पादक हुन् ।