बेरुजु फर्स्योट उत्कृष्ट काम गरेको भन्दै गृह सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल पुरस्कृत भएका छन् ।
मन्त्रालयमा बिहीबार गृहमन्त्री रामबहादुर थापाले उनीहरूलाई नगद तथा प्रशंशापत्र प्रदान गरे । बेरुजु फर्स्योटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई, प्रहरी महानिरीक्षक खनाललाई ८ हजार रुपैयाँ नगद एवं प्रशंसापत्र प्रदान गरियो । यस्तै गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरू फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद ६ हजार रुपैयाँ तथा प्रशंसापत्र प्रदान गरिएको छ ।
कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वहरुलाई बधाईदिँदै भविष्यमा समेत थप उत्कृष्ट कार्य गर्न आग्रह गरे ।