सशस्त्र प्रहरी बलबाट शान्ति मिसनमा गएकाहरूले विभिन्न शीर्षकमा बुझाउँदै आएको तिर्नुपर्ने १५० डलर अबदेखि तिर्नु नपर्ने भएको छ।
सशस्त्रको कल्याणकारी सेवा केन्द्रको सञ्चालक समितिले उक्त रकम तिर्नु नपर्ने निर्णय गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले जानकारी दिए।
मिसनबाट फर्केपछि सशस्त्र प्रहरी बल महिला संघलाई ३५, भूपु सशस्त्र प्रहरी संघलाई ३५ र एपिएफ क्लबलाई ८० डलर बुझाउनु पथ्र्यो।
सुरूमा ती संस्थाहरूको आर्थिक स्रोत नभएकोले पैसा दिनुपर्ने नियम सशस्त्रले बनाएको थियो।
तर मिसनमा जानेहरूले सशस्त्रको कल्याणकारी सेवा केन्द्रमा भने मिसन जाँदाको कुल तलबको ९ प्रतिशत बुझाउनु पर्छ।