सप्तकोसी नगरपालिका, २ सिद्धिपुर २ का दुर्गाबहादुर बस्नेत आफैंले चलाउने ट्याम्पोभित्र मृत फेला परेका छन् ।
प्रहरीका अनुसार स.१ह १२५७ नम्बरको आफ्नै टेम्पोभित्र बस्नेत शुक्रबार दिउँसो मृत फेला परेका हुन् । मुखबाट र्याल निस्केकाले उनले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
उनको शवलाई परीक्षणका लागि सगरमाथामा अञ्चल अस्पताल राजविराज लगिएको छ ।