गुल्मीका विकासप्रेमी नेता तथा पूर्वसांसद रुद्रमणि भण्डारीको जीप दुर्घटनामा मृत्यु भएको छ । जनतामाझ अत्यन्तै लोकप्रिय नेता भण्डारीको निधनले नेपाली कांग्रेस र समग्र गुल्मीलाई ठूलो क्षति भएको छ ।
विद्यालयको कार्यक्रममा वाग्ल्ङको गल्कोट हिडेका भण्डारीको मुसिकोट नगरपालिकाको पौदीअमराईमा बिहीबार बिहान ९ बजे भएको जीप दुर्घटनामा मृत्युु भएको हो । भण्डारीको निधनको खवरले सिङगो गुल्मी जिल्ला शोकमा डुवेको छ । मुसिकोट नगरपालिकामा १ लु१ ज १९५७ नम्बरको जीप दुर्घटनामा परेको र पूर्व सासंद भण्डारीको घटनास्थलमै मृत्युु भएको नेपाली कांग्रेस गुल्मीका नेता महेन्द्र भण्डारीले जानकारी दिए ।
दुर्घटनामा मालिका गाउँपालिका १ का बालक रोशर विकको पनि मृत्युु भएको छ । यस्तै, घाईते मालिका गाउँपालिका २ दर्लिङ्ग निवासी ३६ वर्षीया कौशिला थापाको उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उक्त जीप बिहीबार बिहान मालिका गाउँपालिकावाट उक्त जिप वुटवलका लागि छटेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा मालिका २ का ३२ वर्षीय सुर्य थापा, गाडी चालक ३६ वर्षीय कमल पुरी, ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा र १८ वर्षीय नरेन्द्र श्रीस छन् । जिप सडकवाट १ सय मिटरभन्दा तल खसेको हो । धुर्कोट गाउँपालिका वस्तु निवासी भण्डारी २०४८ सालमा गुल्मी जिल्लाको तत्कालिन क्षेत्र न ३ वाट प्रतिनिधि सभामा विजयी भएका थिए ।
उनले सो क्षेत्रको विकास निमार्णका लागि धेरै काम गरेका थिए । सादा जीवनशैलीका नेता भण्डारीको शव सदमुकाम लैजाने तयारी भैरहेको छ ।