धरानको जिरोप्वाइन्ट भन्ने स्थानमा ब्रेकफेल भएर ना.६ख २७१३ यात्रुवाहक बस दुर्घटना भएको छ । भेडेटारबाट धरानतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा ४ यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा ३५ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते सबैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
मृत्यु हुने चालक चक्रबहादुर गुरुङ र यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ । मृतक एक महिला र उनकी बच्चीको नाम भने खुलेको छैन ।