नेपाली कांग्रेसका पूर्वमहामन्त्री खुमबहादुर खड्काको स्मृति दिवसका अवसरमा आज नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले संयुक्त रुपमा बिरामीहरूलाई फलफूल वितरण गरेको छ ।
पूर्व गृहमन्त्रीसमेत रहेका खड्काको प्रथम स्मृति दिवसको अवसर पारेर विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको हो ।
ओपीडी, प्रसूति, आकस्मिक, शिशु, शल्यक्रिया कक्षसहित अस्पतालका सबै वार्डमा पुगेर नेविसंघ र तरुण दलले जुससहित फलफूल वितरण गरेको थियो । आफ्ना सबैजसो दिवंगत नेताहरूको स्मृति दिवसमा फलफूल वितरणसहित विभिन्न कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझी, विराटनगर महानगरका मेयर भीम पराजुली, प्रदेशसभा सदस्य शान्ता पौडेल, विन्ध्या कार्की, लगायतले विरामीलाई फलफुल वितरण गरेका थिए । स्मृति दिवशको अवसर पारेर नेपाली कांग्रेस मोरङले आज विभिन्न कार्यक्रम समेत गरेको जनाएको छ ।
सो अवसरमा राष्ट्रसभा सांशद रायमाझीले प्रजातन्त्र र लोकतन्त्र स्थापनका लागी स्वर्गिय खडकाले खेलेको भुमिकालाई कहिले विर्सन नसकिने बताए ।