बुवाको मृत्युु भएपछि मोरङ रंगेली नगरपालिका–७ का तीन नावालकको विचल्लि भएको छ । मजदुुरी गरेर जिवनयापन गर्दै आएका २५ वर्षिय दिपक महत्तोको मृत्यु भएपछि उनका नावालक तीन छोरीको विचल्लि भएको हो ।
सो परिवारको सम्पतीको नाममा १५ धुुर जग्गामा भएको भुुइतल्ला फुुसको घर मात्र छ । रंगेली नगरपालिका–७ आर्दशटोल घर भएका दिपक लामो समयदेखि विरामी थिए । उनका वुुवा कारी महत्तोले चटपटी विक्री गरेर ६ जना परिवार गुजारा चलाई रहेको थिए ।
दिपकलाई सानै उमेरमा रोग लागेपछि चटपटी विक्री गरेर कमाएको पैसा सवै उपचारकालागि खर्च गर्ने गर्दथ्ये । दिपक विरामी भएर थला परेपछि उनकी श्रीमतीले मेहनत मजदुुर गरेर उपचार खर्च जुुटाउने गर्थिन।
एकतिर गरिवी त्यसमाथि एकमात्र जवान छोराको मृत्युु भएपछि ७० वर्षिय कारी महत्तोको परिवारमा वज्रपातनै खसेको छ । जिवनभर चटपटि विक्रि गरे अव वुुढेसकालमा नातिनीहरुलाई कसरी पाल्ने के गर्ने समस्याले पिरलेको उनले सुुनाए ।उनले नावालक छोरीको विचल्लि भएको भन्दै सहयोगका लागी आग्रह समेत गरेकी छन् । उनका ६ वर्ष, ४ वर्ष र डेढवर्षका नावालक छोरी छन् ।