१२ वर्षदेखि कुवेतमा कार्यरत खोटाङको मझुवागढी नगरपालिका २ सोल्माका नीरबहादुर राइको सवारी दुर्घटनामा मृत्यु भएको छ। गत्काल अस्पताल पुर्याइएकोमा डाक्टरले मृत घोषित गरेका थिए।त अगस्ट ९मा रातिको समयमा कुवेतको जिलिब भन्ने स्थानमा बाटो काट्ने क्रममा नीरबहादुरलाई सवारी साधनले ठक्कर दिएको थियो । उनलाई त
किरात राइ यायोख्खा कुवेतका अध्यक्ष मन्जित राइका अनुसार नीरबहादुर खोटाङ कुवेत सम्पर्क मन्चका वरिष्ठ सदस्य पनि हुन् । उनी लामो समयदेखि कुवेतको तान्जिप्को कम्पनीमा कार्यरत थिए। उनको श्रीमती र एक छोरी छन् ।
नेपाली दुतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङदेनले नीरबहादुरको दुर्घटनामा मृत्यु भएको पुष्टी गरे । मृतकको शब पठाउने तथा सवारी दुर्घटना बिमाका लागि कम्पनीको सहयोगमा कानुनी प्रकृया थालिएको छ। छिट्टै नै नीरबहादुरका परिवारसँग समन्वय गरेर शब पठाइने तथा अन्य क्षतिपूर्तिका लागि प्रकृया शुरु गरिने जनाइएको छ ।