साँस्कृतिक एवं परम्परागत पर्व होली बिहिबारबाट विधिवत रुपमा सुरु भएको छ।
काठमाडौंको बसन्तपुरमा चीर ठड्याइएसँगै उपत्यकामा यस वर्षको होली सुरु भएको हो। केन्द्रीय मानन्धर संघले काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा बुधबार विहान ११ बजेर ५५ मिनेटको साइतमा रंगीचंगी कपडा झुण्डाईएका तीनतले चीर गाडेको हो।
धालासिक्व मानन्धर सनाःगु खलः गुठीका मानन्धरहरुले चीर गाड्नुपर्ने परम्परा मल्लकालीन राजा गुणकामदेवको पालादेखि सुरु भएको मानिन्छ। होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक बर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ। यस पर्वलाई आपसी कटुताको अन्त्य र सद्भावबृद्धीको पर्वको रुपमा पनि लिने गरिन्छ।
यसवर्ष काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लामा चैत ६ गते तथा तराईका जिल्लामा चैत ७ गते मनाइदैछ। बसन्तपुरमा विधिवत रुपमा गाडिएको चीर ढालेपछि होली पर्व सकिएको मान्ने परम्परा छ।