प्रदेश३ न सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले मेला महोत्सवमा भीड जम्मा गर्नका लागि आफ्नो कला संस्कृति बिर्सने काम गर्न नहुनेमा जोड दिएका छन् ।
हेटौँडामा शनिबारबाट सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै उनले अचेल आफ्नो संस्कृति, परम्परा बिर्सँदै छाडापन बढेकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले यसअघि पनि विभिन्न महोत्सव तथा मेलाहरुको आयोजना गर्दा छाडापनलाई निस्तेज गर्न निर्देशन दिँदै आएका छन् ।
औद्योगिक व्यापार मेलाको उद्घाटनमा पनि उनले भने–‘सेता तिघ्रा देखाएर भीड जम्मा गर्छु भन्ने नसोच्नू ।’ यसअघि मनहरी महोत्सवको उद्घाटन समारोहमा पनि उनले सेता तिघ्रा देखाएर भीड जम्मा गर्ने परिपाटीको अन्त्य हुनुपर्ने र स्थानीय स्रोत साधनको उपयोग गरी प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए ।
शनिबारबाट हेटौँडा ५ पिप्लेस्थित क्याम्पाडाँडा चौरमा सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला २ दिन ढिलो गरी सुरु भएको हो । फागुन १६ गते सुरु गर्ने भनिएपनि सरकारले राष्ट्रिय शोक घोषणा गरेको र मौसममा पनि अदलबदल भएकाले महोत्सव उद्घाटन हुन सकेको थिएन ।
उद्घाटनअघि हेटौँडाबजारमा झाँकीसहित महोत्सवस्थल विभिन्न संघसंस्थाहरु, विद्यालयहरु, टोल विकास संस्था तथा सांस्कृतिक समूहहरु उद्घाटन स्थल पुगेका थिए । १० दिनसम्म चल्ने महोत्सवमा ४ सयवटा स्टलहरु रहेका छन् भने ५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।