नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४आँै महाधिवेशन तोकिएकै समयमै हुनुपर्ने बताएका छन् ।
विराटनगरमा आज आयोजित कार्यक्रममा वोल्दै नेता कोइरालाले कांग्रेस नेतृत्व तहले २०७६ साल भित्र महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गरे । कांग्रेस राजनैतिक चरित्र बोकेको पार्टी भएको भन्दै उनले सनकको भरमा गलत काम कांग्रेसले नगर्ने बताए ।
कांग्रेसको संगठन कमजोर बनेको र त्यसलाई उर्जाशिल बनाउन महाधिबेशन आबश्यक रहेको उनको भनाई थियो । उनाले संगठनलाई उर्जा भर्न आफू अग्रसर भएको र त्यसका लागि सहयोग गर्न कांग्रेस कार्यकर्ता शुभेच्छुकसंग आग्रह गरे ।
कार्यक्रममा विकास निमार्णमा उठेका सवालमा विराटनगरपालिकाका मेयर भीम पराजुलीले स्थानीय जनताका साझा सवालका विषयमा दत्तचित्त भएर काम गरिरहेको बताए । केही महिना भित्रै पोल र तारको समस्याबाट बिजुली बत्ती बाल्न पाएनौ भन्ने स्थिती आउन नदिने मेयर पराजुलीले प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्य केदार कार्की,चुमनारायण तवदार,विराटनगर महानगरका मेयर भीम पराजुली ,वार्ड नं. ४ का वडाध्यक्ष देवेन्द्र पोखरेल ,कांग्रेस वडा वुथ समिति सभापति राजकुमार तवदार,बलक राजबंशी लगायतको सहभागिता रहेको थियो ।