प्रधानमन्त्री केपी ओलीका पछिल्ला अभिब्यक्तिले सिंगो संस्थाको गरिमामाथि आँच आएको भन्दै प्रजातान्त्रिक बिचार समाजले ‘आेठे जवाफ’ को निन्दा गरेको छ।
दुई दिनअघि प्रधानमन्त्री ओलीले ‘आफूले जवाफ दिनुपरेमा बुद्धिजीवी थला पर्ने र होशियार रहन’ भन्दै जस्ता चेतावनी दिएपछि त्यसको जबाफमा समाजले विज्ञप्ति निकाल्दै भिन्न विचारप्रति असहिष्णु बन्दै गएको जनाएको छ।
समाजका अध्यक्ष केदारनरसिंह केसीद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै ओलीबाट भिन्न विचार र विमतीप्रति हुँदै आएको अभिव्यक्तिले सिंगों संस्थाकै गरिमामा आँच पु¥याउँन थालेको हामीलाई अनुभूति हुन थालेको छ।’
संवैधानिक हैसियत र अधिकार प्राप्त राज्यको कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्रीबाटै समाजमा द्वन्द्व निम्त्याउने खालका टिप्पणी र धारणा आउनु दुःखद रहेको समाजको ठहर छ।
नेपाली जनताको सात दशक लामो संघर्ष र बलिदानीबाट प्राप्त खुला र पारदर्शी व्यवस्था विपरित, आफूले गरेको, बोलेको र लिएको निर्णय नै अचूक हन्, कसैले पनि प्रश्न उठाउन पाउँदैन भन्ने खालको अभिव्यक्ति स्वयं प्रधानमन्त्री र मन्त्रीहरुबाट पटक पटक आउने गरेको छ, जुन उत्तरदायी शासन व्यवस्थाको मर्म र भावना विपरित भएको समाजको भनाई छ।