सिक्टा सिंचाई आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सिक्टा सिंचाई आयोजनामा आठ अर्ब रुपैयाँ भष्टाचार गरेको भन्दै फरक फकर विगो कायम गरेर अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। पूर्वमन्त्री पाण्डे सिक्टा आयोजनाको नहर बनाउने ठेक्का पाएको कालिका कन्स्ट्रक्सन प्रालिका मालिक हुन्। अख्तियारले पूर्वमन्त्री पाण्डेविरुद्ध २ अर्ब १३ करोड रुपैयाँ बिगो माग दाबी गरेको छ।
यसैगरी, पूर्वआयोजना प्रमुख सराेजचन्द्र पण्डितविरुद्ध ५९ करोड ३४ लाख, दिलीपबहादुर कार्कीविरुद्ध १ अर्ब ५६ करोड, रमेश बस्नेतविरुद्ध २ अर्ब १२ करोड बिगो माग दाबी गरिएको छ। यसैगरी, सिक्टा सिंचाइ आयोजना निर्माणमा भएको भ्रष्टाचार मुद्दामा आयोजनाका सिडीईहरु सूर्यदेव थापा, योगेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी र प्रकाशबहादुर कार्की पनि तानिएका छन्।
सिंचाई आयोजनाको मुल नहर निर्माणमा गुणस्तरहीन काम गरेको र मुल नहर परीक्षणकै क्रममा काम नलाग्ने गरी भत्किएकाले ठूलो भ्रष्टाचार भएको अख्तियारको दाबी छ।
हेर्नुस् भ्रष्टाचार मुद्दामा तानिएकाहरूकाे सूची: