स्वतन्त्र मधेसको माग गर्दै आइरहेका डा. सिके राउत जेल चलान भएका छन्। जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि डा. राउतलाई जेल चलान गरिएको हो।
बिहीबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले डा. राउतलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि राउतलाई थुनामा राखेर थप अनुसन्धान गरिने जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए।
प्रहरीले राउत जिल्ला अदालत रौतहटबाट फर्किँदै गर्दा गत असोज २१ गते पक्राउ गरेको थियो। प्रहरीले राउतविरुद्ध राज्यविरुद्धको सांगठनिक अपराध कसुर अन्र्तगत पक्राउ गरी मुद्दा चलाएको थियो। प्रहरीले म्याद थपका लागि बिहीबार अदालतमा उपस्थित गराएको थियो।