सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरालाई सफाइ दिएको छ।
बिहीबार न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका पूर्वप्रहरी महानिरीक्षक बोहराले सफाइ दिएको हो। विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्चका न्यायाधीशद्वय घिमिरे र भण्डारीको इजलासले बोहरालाई सफाइ दिने फैसला गरेको हो।
२०६८ चैतमा बोहराको २६ लाख ८३ हजार ४ सय ८५ रुपैयाँ ७८ पैसा अवैध आम्दानी देखिएको भन्दै विशेष अदालतले सो बराबरको बिगो जरिवाना र १ वर्ष कैद सजायको फैसला सुनाएको थियो।
विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, न्यायाधीशहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलाशले दोषी ठहर हुने फैसला सुनाएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोहराको सम्पत्तिमध्ये २ करोड ३८ लाख रुपैयाँ अवैध देखिएको भन्दै मुद्दा दायर गरेको थियो। तर, विशेष अदालतले ९० लाख रुपैयाँ अवैध देखिएको ठहर गरेको थियो।
विशेष अदालतको उक्त फैसलाविरुद्ध बोहराले गत २०६९ मंसिर २९ गते सर्वोच्चमा पुनरावेदन गरेका थिए। त्यसमाथि सुनुवार्इ गर्दै सर्वाेच्चले विशेष अदालतकाे फैसलालार्इ उल्ट्याएकाे हाे।