कर्णाली प्रदेशकाे योजना आयोगको उपाध्यक्षमा प्रा डा. पुण्यप्रसाद रेग्मी नियुक्त भएका छन्।
कर्णाली प्रदेशकाे मन्त्रिपरिषद्काे बैठकले रेग्मीलार्इ याेजना अायाेगकाे उपाध्यक्षमा नियुक्त गरेकाे हाे। यस्तै, बैठकले याेजना अायाेगका सदस्यहरुमा डा दीपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई नियुक्त गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन्।
यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठनको स्वीकृति दिएको थियो। मुख्यमन्त्री अध्यक्ष रहने प्रदेश योजना आयोगमा प्रदेश सरकारका प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था छ।
रामपुर कृषि क्याम्पसका प्राध्यापक रेग्मीले कृषि विज्ञानमा विद्यावारिधि गरेका छन्। दैलेख नारायण नगरपालिका–३ का रेग्मीले यसअघि युवा स्वरोजगार कोषको उपाध्यक्ष र तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको आर्थिक सल्लाहकारका रूपमा काम गरिसकेका छन्।