नेपाल विद्युत् प्राधिकरणले सबै तयारी पूरा भइसकेकाले तिहारमा बत्ती नजाने जनाएको छ। लक्ष्मीपूजाका दिन बेलुकी कतैपनि लाइन नजाने गरी प्राकिकरण्ले व्यवस्थापकीय तयारी पूरा गरेको हो ।
तिहार अवधिमा विद्युत् केन्द्रका कर्मचारीलाई कार्यालय नछाड्न निर्देशन समेत दिएको छ । कुनै स्थानमा समस्या आउने बित्तिकै तत्काल सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो लाइटको टिम तयारी अवस्थामा राखिएको छ ।
प्राधिकरणले तिहारलाई लक्षित गरी वितरण केन्द्र, ग्रीड विभागका कर्मचारीलाई २४ सै घण्टा खट्ने गरी परिचालन गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभरका ११० वटै वितरण केन्द्रलाई विद्युत् सेवा पुगेका कुनै पनि घरमा सेवा अवरुद्ध नहुने बताए । प्राधिकरणले तिहारमा विद्युत्को अधिकतम माग एक हजार २७० मेगावाट हुने प्रक्षेपण गरेको छ ।
वर्षमै सबैभन्दा बढी लक्ष्मी पूजाकै दिन बिजुलीको माग हुने गर्छ । यसमा पनि लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युतको माग काठमाडौं उपत्यकामा हुन्छ ।