नेपाल तरुण तल धनगढी नगर कार्य समितिले सरकारले चाडवाडको मुखमा दैनिक उपभोग्य बस्तुमा मूल्यबृद्धि गरेर कालो बजारीलाई प्रश्रय दिएको भन्दै जिल्ला प्रसासन कार्यलयमा ज्ञापनपत्र बुझएको छ।
पेट्रोलियम पदार्थको मूल्यबद्धि फिर्ता गर्नुपर्ने, यातायातका साधन ब्यबस्थित गर्नुपर्ने, शान्ति सुरक्षामा कडाई गर्नुपर्ने, निर्मल पन्त घटनाका दोषीलार्ईलाई कारवाही गर्नुपर्ने, प्रेस स्वतनत्रता माथिको हस्तक्षेप बन्द गर्नुपर्ने लगायतका मागहरु राख्दै ज्ञापनपत्र बुझाइएको तरुण दलका धनगढी नगर अध्यक्ष भक्त विष्टले बताए।
तरुण णदलको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले दशै तिहारका बेला हुने कालो बजारी नियन्त्रण गर्न प्रशासनले कडाई गर्ने बताए।
जिल्लाको शन्ति सुरक्षा कडाई गरिएको बताउँदै उनले कैलाली जिल्लाको अधिकांश भू–भाग भारतसंग जोडिएकोले नेपाल भारतका सुरुक्षा निकायले संयुक्त गस्ती भइरहेको जानकारी गराए।