नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशिताको विषयमा नेपाल निकै अगाडि रहेको दाबी गरेका छन्।
आइतबार काठमाडौंमा नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले भारतमा भर्खरै मात्र महिला सहभागिता सुनिश्चित गरेको अवस्थामा नेपालले यसअघि नै समावेशीसहितको संविधान जारी गरिसकेको बताए।
उनले राष्ट्रिय सहमति कायम गर्न सके सवै जातजातिका लागि समावेशी सहभागिता बढाउन सकिने जिकिर गरे। देउवाले नेपालमा जात भन्दा पनि व्यक्तिलाई हेरेर भोट दिने गरेको भन्दै निर्वाचनमा योग्य भएर राज्यको बिभिन्न निकायमा सहभागिता जनाउन सकिने उल्लेख गरे।
त्यस्तै उनले नेपालमा मुस्लिम समूलायले सदियौदेखि राष्ट्रहितमा काम गरेकाले मुस्लिम संघले पनि मुलुकको हितमा काम गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल मुस्लिम संघले सभापति देउवालाई अभिनन्दन गरेको थियो।