सरकारले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघबाट सिधै हुने चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषि लगाएतका बिषयमा दुईपक्षीय छलफल हुने र केही बिषयमा समझदारी हुने उनले बताइन्।
बैठकले संविधान दिवसका अवसरमा प्रदान गरिने बिभुषण बितरणलाई मर्यादित बनाई राष्ट्रको सम्मानको रुपमा स्थापीत गर्न अन्तर्राष्ट्रिय अभ्यास र बिभुषणसम्बन्धी कानूनको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ। कार्यदलको अध्ययन प्रतिवेदन नआएसम्म हाललाई बिभुषण प्रदान कार्य स्थगन गरिएको प्रवक्ता शर्माले बताइन्।
बैठकले कर प्रणाली सुधारका लागि समिति गठन गर्ने निर्णय गरेको छ भने चाडपर्वलाई ध्यानमा राखेर साल्ट टे«ेडिङ र खाद्य व्यवस्थालाई ५० प्रतिशत भन्सार छुटमा १०–१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृत दिने निर्णय गरिएको पनि उनले जानकारी गराइन्।
त्यस्तै बैठकले सिचाई नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने नेपाल नागरिकता ऐन तेश्रो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ।