नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ सफल राजनेताको रुपमा रहेको भन्दै उहाको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको बताएका छन्।
संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले बिभिन्न परिवर्तनकारी आन्दोलनदेखि संविधानसभाबाट संविधान जारी गर्ने र अहिले सवैलाई एकतावद्ध गर्न सक्ने सफल राजनेता सुवास नेम्वाङ भएको भन्दै उहाको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको बताए। सामाजिक सद्भाव राष्ट्रिय एकतामा नेम्वाङको सदैव जोड रहने गरेको उनले स्मरण गरे।
उहाले नेपालको संसदीय प्रणालीको कार्यान्वयनमा नेम्वाङको भूमिका कसैले लिन नसक्ने जिकिर गरे। नेम्वाङको निधनपछि सम्मानमा सरकारले कुनै कन्ज्युसाई नगरेको र यो सकारात्मक रहेको ओलीले बताए।
संसदीय दलको बैठकले दलका उपनेता समेत रहनुभएका नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।