नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। असोज ४ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असोज ४ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।
कांग्रेसले गत साउन १० गते असोज २ गतेका लागि केन्द्रीय समिति बैठक तय गरेको थियो। तर दुई दिन पछि धकेलेर केन्द्रीय समिति बैठक बोलाइएको हो।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक विषयलगायतमा छलफल हुनेछ।