Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, June 02, 2023 | शुक्रबार, जेठ १९, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
पाँच वर्षदेखि गैरकानूनी भत्ता बुझिरहेछन् सुदूरपश्चिमका सांसद
स्पेसखबर
स्पेसखबर कैलाली, ७ जेठ 
पाँच वर्षदेखि गैरकानूनी भत्ता बुझिरहेछन् सुदूरपश्चिमका सांसद

भानुभक्त आचार्य 

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारी २३ फागुनमा काठमाडौं गए। काम थियो, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा मतदान। निर्वाचनपछि ६ चैतमा धनगढी फर्किएका भण्डारीले दैनिक तथा भ्रमण भत्ता, विमान टिकट र फुटकर खर्च बापत कुल रु.४७ हजार ९२५ प्रदेश सभा सचिवालयबाट बुझे ।

उक्त निर्वाचनका बेला दुई पटक काठमाडौं ओहोरदोहोर गरेकी उपसभामुख कोइलीदेवी चौधरीले पनि सचिवालयबाट २२ हजार ९२५ रुपैयाँ बुझिन्। प्रदेश सभा सदस्यहरू चक्रबहादुर मल्ल, वीरबहादुर थापा, राजेन्द्रसिंह रावल र हीरा सार्कीले पनि १५ दिनभित्र दुई पटक काठमाडौं आउजाउ गर्दाको दैनिक तथा भ्रमण भत्ता, विमानको टिकट र फुटकर खर्च बापतको रकम लिए।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जेठ ५ गतेसम्म ३९ जना प्रदेश सभा सदस्यको खातमा दैनिक तथा भ्रमण भत्ता, यातायात खर्च र फुटकर खर्च बापतको १६ लाख ६ हजार १०५ रुपैयाँ हालिसकेको छ। अझै केहीको खातामा रकम पठाउन बाँकी छ ।

सचिवालयमा मुख्यमन्त्री कमल शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, आर्थिक मामिला तथा योजना मन्त्री नरेशबहादुर शाही र राप्रपाकी प्रदेश सभा सदस्य खेमादेवी विष्ट बाहेक सबैले यस्तो भत्ता र खर्च प्राप्तिका लागि निवेदन दिएका छन् । उनीहरूको भ्रमण आदेश सभामुख भीम भण्डारीले स्वीकृत गरेका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किएपछि सबैभन्दा धेरै भत्ता ५३ हजार ३२५ रुपैयाँ माओवादी सांसद ओमविक्रम भाटले बुझेका छन् । त्यस्तै जुनाकुमारी दानीले ५१ हजार ३६५ र अक्कल रावलले ५१ हजार २५ रुपैयाँ बुझेका छन् ।

कानूनविपरीतको सुविधा

‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५’ अनुसार प्रदेशकै कामका लागि हिंडेका सदस्यले समेत दैनिक भत्ता र भ्रमण भत्ताबाहेक अन्य सुविधा पाउने व्यवस्था छैन । उता प्रदेश सभा सचिवालयले भने ऐनअनुसार नै भत्ता उपलब्ध गराइरहेको दाबी गरेको छ ।

‘हामीले उहाँहरू (प्रदेश सभा सदस्यहरू) लाई प्रदेशसभाको काममा जाँदा–आउँदाको टिकट अनुसारको रकम, फुटकर खर्च बापत दैनिक एक हजार र दैनिक तथा भ्रमण भत्ता स्वरूप प्रति दिन २५०० का दरले उपलब्ध गराउँछौँ’ प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले भने, ‘शुरूबाटै यही भइरहेको छ ।’

तर, ऐनमा टिकट खर्च र फुटकर खर्च दिने व्यवस्था छैन । ‘प्रदेश सभाको कामको सिलसिलामा स्वदेश तथा विदेश भ्रमण गर्दा पदाधिकारी र सदस्यहरूलाई अनुसूची १ अनुसार दैनिक तथा भ्रमण भत्ता दिइनेछ’ प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १० मा उल्लेख छ ।

अनुसूचीमा सांसददेखि सभामुखसम्मलाई दैनिक तथा भ्रमण भत्ता रु.२५०० दिने उल्लेख भए पनि कति अवधिका लागि भन्ने छैन । तर, यही व्यवस्था देखाउँदै प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूले आफ्नो निजी भ्रमणको खर्च पनि प्रदेश सभा सचिवालयबाट उठाएको पाइएको छ ।

उपचारका लागि काठमाडौं जान २०७८ मंसिर २१–२७ गतेको भ्रमण आदेश स्वीकृत गराएकी प्रदेश सभा सदस्य उमादेवी वादीले यात्रा खर्च, दैनिक भत्ता र फुटकर खर्च गरी कुल रु.२९ हजार २५ प्रदेश सभा सचिवालयबाट बुझिन् ।

त्यस्तै नियमित स्वास्थ्य परीक्षण तथा संसद्को गतिविधि अध्ययनका लागि भन्दै २० फागुनमा काठमाडौं गएका अक्कल रावलले पनि उस्तै शीर्षकमा कुल ३० हजार ९४५ रुपैयाँ बुझे । २५ माघ २०७८ मा उपचारका लागि भन्दै काठमाडौं गएका हर्कबहादुर कुँवरले ८ हजार १२५ रुपैयाँ बुझे । त्यही कारण देखाएर मालामती रानाले ३२ हजार ७२० र सुशीला बुढाथोकीले २७ हजार ८०५ रुपैयाँ बुझे ।

No description available.

प्रदेश सभाका लेखा अधिकृत भीमबहादुर ऐर शुरूदेखि नै दिँदै आएको दैनिक तथा भ्रमण भत्ता र अन्य खर्चबापतको रकमलाई यस पटक पनि निरन्तरता दिइएको बताउँछन् । लेखा परीक्षणमा समेत बेरुजु नदेखिएकाले यस्तो सुविधालाई निरन्तरता दिइएको उनको जिकिर छ ।

उनी भन्छन्, ‘कानूनमा यो त्रुटि छ, त्यसैले अलिक अलमल बनाएको हो ।’

सभामुख भीम भण्डारी सांसदहरू काठमाडौं जाँदा हुने खर्चको दाँजोमा सचिवालयले दिने भत्ता सामान्य रहेको बताउँछन् । उनी भन्छन्, ‘काठमाडौंको सामान्य होटेलमा दैनिक ३५०० भन्दा तल कोठा पाइँदैन । एक दिनमा हजार–पन्ध्र सयमा खाना पुग्दैन । यसरी हेर्दा यहाँ दिइएको सेवा सुविधा खास केही होइन । तर, बाहिरबाट हेर्दा यो कानून अनुसार भएन भनेर हल्ला भइरहेको छ ।’ जनप्रतिनिधिलाई आवश्यकता अनुसार दिइने खर्चलाई ठूलो मामिला बनाउनु नहुने उनले बताए ।

लेखाको बेवास्ता

ऐन र नियमावलीमा नरहेको यो सुविधा प्रदेश सभा सदस्यहरूले पाँच वर्षदेखि लिइरहँदा पनि आन्तरिक लेखा परीक्षक र अन्तिम लेखा परीक्षक दुवैले यस्तो रकमलाई बेरुजुमा राखेका छैनन् ।

प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीका लेखा अधिकृत यज्ञराज पाण्डेय लेखा परीक्षण गर्दा ‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५’ र ‘भ्रमण खर्च (चौथो संशोधन) नियमावली, २०७२’ अनुसार गरिएको बताउँछन् ।

यद्यपि, ऐनको यो व्यवस्थाबारे खोपकेसँगको कुरापछि मात्रै थाहा पाएको दाबी गरेका उनले उल्टै सोधे, ‘महालेखा परीक्षकको कार्यालयले गर्ने अन्तिम लेखा परीक्षणमा पनि यो कुरा किन आएन होला त ?’

पूर्व कार्यवाहक महालेखा नियन्त्रक शुकदेव खत्री भने सांसदहरूले बुझेको मध्ये रु.२५०० बाहेकको बाँकी सबै खर्च र भत्ता फिर्ता हुनुपर्ने बताउँछन् । भन्छन्, ‘दुई वटा कानुनमा टेकेर सेवा सुविधा लिन पाइँदैन । यसरी लिएको सुविधा गैरकानुनी नै हो ।’

सुदूरपश्चिम प्रदेशका मुख्यन्यायाधिवक्ता कुलानन्द उपाध्याय यसलाई कानूनको मस्यौदा गर्दा ध्यान नपुगेको र अनुभवको कमी भएको रूपमा अर्थ्याउँछन् ।

उनी भन्छन्, ‘सर्सर्ती हेर्दा यो गैरकानूनी देखिन्छ । शाब्दिक अर्थमा यो बेरुजु नै हो । तर मुख्य कारण चाहिँ कानूनमा ‘ग्याप’ भएको हो ।’ २०७४÷७५ मा संघीय सरकारले पठाएको नमूना कानूनलाई जस्ताको तस्तै पारित गर्दा पनि समस्या आएको उनको बुझाइ छ । यसबारे अदालतमा मुद्दा परे यो सुविधा बदर हुनसक्ने उनी बताउँछन् ।

अन्य प्रदेशमा यस्तो छैन

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न काठमाडौं पुगेका अन्य प्रदेशका प्रदेशसभा सदस्यले पनि यस्तै सुविधा लिएका छन् त ? यसबारे खोजी गर्दा दैनिक तथा भ्रमण भत्ता साथै प्लेन टिकट र फुटकर खर्च पाउनेहरू सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूमात्र भेटिए ।

कोशी प्रदेशले प्रदेशको कामका लागि काठमाडौं जाने सांसदलाई यातायात खर्च मात्र उपलब्ध गराएको रहेछ । कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशले भने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न जानेलाई कुनै सुविधा उपलब्ध गराएका छैनन् ।

‘यो उहाँहरूको व्यक्तिगत कुरा हो, संसद्को काम होइन’ गण्डकी प्रदेश सभा सचिवालयका उपसचिव प्रेम सुवेदीले भने, ‘उहाँहरू आफैं आफ्नै खर्चमा जानुभयो ।’

कर्णाली प्रदेशसभा सचिवालयका सचिव जीवनराज बुढाथोकी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा जाने प्रदेश सभा सदस्यहरूलाई सचिवालयले भत्ता वा अन्य खर्च उपलब्ध गराउने व्यवस्था नभएको र त्यो आवश्यक पनि नरहेको बताए ।

लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन प्रदेशसभाले बनाएको खर्च वा भत्ता सम्बन्धी मापदण्ड अन्तर्गत निर्वाचनको काममा काठमाडौं जाने सांसदलाई भत्ता उपलब्ध गराउने मामिला नपरेको बताउँछन् ।

बागमती प्रदेश सभाका सदस्यहरूले पनि यस्तो भत्ता पाएका छैनन् ।

No description available.

‘उहाँहरूले माग्नुभएको छैन, हामीले पनि दिएका छैनौँ’, सचिव कृष्णहरि खड्का भन्छन्, ‘मतदान गर्न गएका प्रदेश सभा सदस्यहरूलाई भत्ता दिने कुरा पनि त भएन नि, हैन ?’

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पनि मतदान गर्न काठमाडौं पुगेका सांसदलाई प्रदेश सभाबाट कुनै सुविधा नदिइएको बताउँछन् ।

यो विषयलाई ठूलो बनाउनुहुदैनःसभामुख भण्डारी

गएको पाँच वर्षदेखि प्रदेश सभा सदस्यहरूले लिइरहेको फुटकर खर्च, प्लेन भाडा इत्यादि ऐन विपरीत होइन र ?

प्रदेशसभाले बनाएका कानून अधुरा छन् । केही बाझिएका पनि छन् । ऐनअनुसार नियमावलीमा छैनन्, नियमावलीमा भएकालाई समेट्ने गरी ऐन पनि बनेका छैनन् । त्यसैले अलिक विरोधाभास देखिएको हो ।

सेवा–सुविधाको कुरा तपाईँले उठाइहाल्नुभयो; सांसदलाई संघीय राजधानी काठमाडौं जानुपर्ने हुन्छ, उसले त्यहाँ जाँदा २५०० दैनिक भ्रमण भत्ता पाउँछ । तर, काठमाडौंको सामान्य होटलमा बस्ने हो भने पनि दैनिक ३००० हजार ३५०० भन्दा तल कोठा पाइँदैन । एक दिनमा हजार–पन्ध्र सयले खाना पुग्दैन । यसरी हेर्दा उसले पाउने सेवा–सुविधा केही होइन । तर, बाहिरबाट हेर्दा त कानून बनेन, यो नीति अनुसार भएर भनेर हल्ला भइरहेको छ ।

हामीले सरकारी काममा जाने बेला मात्र टिकट खर्च दिन्छौं । अहिले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनमा सबै जानुपर्ने भएर यो सुविधा दिइएको हो । हामीले कसैलाई व्यक्तिगत प्रयोजनका लागि टिकट खर्च उपलब्ध गराउँदैनौ ।

‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५’ मा त त्यो सुविधा उल्लेख छैन नि ?

बस्ने–खाने कुरामा त प्रष्ट छ, दैनिक २५०० रुपैयाँ हो । आउने–जाने सन्दर्भमा अधिवेशनमा आउने बेलामा टिकटको व्यवस्था छ काठमाडौं जाने–आउने विषयमा दिँदा पनि त्यति समस्या भइहाल्ला जस्तो लाग्दैन ।

कानूनमा नभएको कुरामा तपाईँले समस्या भइहाल्दैन भनेर जोगाउन मिल्छ र ?

सीधा हेर्दा तपाईँले भने जस्तो लाग्ला, त्यसमा मेरो भन्नु केही छैन । तर, तपाईँ हामीले बुझेजस्तो कानूनले पूर्णता पाएको छैन ।

दैनिक भत्ता रु.२५०० पनि कति दिनका लागि भन्ने ऐनमा स्पष्ट छैन त ?

नेपालको संविधान, ऐन, प्रदेशको ऐन, नियमावली सबै पूरा भइसकेका छैनन् । त्यसैले कसैले गलत नियत राखेर राज्य स्रोतको दोहन गरिरहेको छ भने त्यो अपराध नै हो । तर, आवश्यकतामा गरिने खर्च त्यो पनि जनप्रतिनिधिको विषयलाई ठूलो इस्यु बनाउनु उपयुक्त हुँदैन ।

उसो भए, कानून विपरीत भुक्तानी गरिरहने ?

परिमार्जन गर्नुपर्ने विषय धेरै छन् । प्रदेश सभाका पदाधिकारी र सदस्यहरूको पारिश्रमिकका विषयमा पनि धेरै कुरा अधुरा छन्, ती सबैलाई हामी संशोधनमा लैजान्छौँ ।

(खोज पत्रकारिता केन्द्रका लागि ।)

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०, ०३:०६:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
  • पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
  • नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
  • शेयर लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. महतको आग्रह
  • दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
  • सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’
  • ताजा समाचार
  • ट्रेण्डिङ
गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
शेयर लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. महतको आग्रह
शेयर लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. महतको आग्रह
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत 1
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’ 2
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत 3
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित 4
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो 5
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP