बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन्। बिस्तारित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश छन्।
कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन्। कांग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बनेका छन्।
नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बनेका छन् भने राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरुको आइतबार नै शपथ गराउने कार्यक्रम रहेको छ।
बागमतीमा २०७९ को पुस २५ गते माओवादी केन्द्रका जम्कट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। राष्ट्रपति निर्वाचनअघि केन्द्रमा गठबन्धन बदलिएपछि राप्रपा र एमालेले सरकार छाडेको थियो। त्यसपछि कांग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए।