Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, June 02, 2023 | शुक्रबार, जेठ १९, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छः प्रधानमन्त्री दाहाल
स्पेसखबर
स्पेसखबर गैँडाकोट, १८ वैशाख
देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकासमा निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालनमा ल्याइएको मौलाकालीका केवलकारको आज उद्घाटन गर्दै उहाँले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताए।

उनले भने, “निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरेसम्म देशले आर्थिक विकासमा गति लिनसक्दैन, हामीले अहिले उत्पादन वृद्धि गरेर रोजगारी सृष्टि गर्ने कुरालाई जोड दिएका छौँ।” आजको युगमा यी सबै सरकारले पूरा गर्नसक्ने कुरा होइन भन्दै उनले निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको काम गर्नसक्ने बताए। उनले भने, “त्यो वातावरण बनाइदिने जिम्मा राज्यको हुनुपर्दछ, राज्यले त्यसका निम्ती आवश्यक ऐन, कानुन, भौतिक विकास, शिक्षा स्वास्थ्यमा लगानी बढाउने र त्यताबाट स्वस्थ जनशक्ति निर्माण गर्ने कुरामा ध्यान दिने हो।”

सङ्घीय सरकारका तर्फबाट निजी क्षेत्रमा परेको अफ्ठ्यारोलाई सहज गर्न धेरै मेहनत गरिरहेको उल्लेख गर्दै उहाँले परिणाम न निस्किँदासम्म आफूले धेरै कुरा भन्न नमिल्ने बताए। उनले भने, “मलाई विश्वास छ परिणाम निस्कन्छ, हामीले जनतामा निरासा बाँड्ने काम रोक्नु पर्छ।” सरकारले विद्यार्थी भर्ना हुनुअघि विकट गाउँसम्म पुस्तक पु¥याएको, राहधानी र लाइसेन्समा सहजीकरण गरेको उनले जानकारी दिए।

विदेशमा गएका लाखौँ नेपाली सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने निर्णय गरेसँगै युवा त्यसबाट लाभान्वित भएको उनले बताए। पछिल्लो समय रेमिट्यान्स बढ्दो क्रममा रहेको जनाउँदै उनले अझ बढाउने तयारीमा सरकार रहेको बताए। उनले भने, “राजस्व बढ्दै छ, अझ बढाउने तयारीमा हामी छौँ, विदेशी मुद्राको सञ्चिति उत्साहप्रदक छ, त्यसलाई अझ सन्तुलनमा ल्याउन जोड गर्दैछौँ।”

बैंक ब्याजदर घट्दो क्रममा रहेको जनाउँदै उहाँले यही महिनाको अन्त्यसम्म अझै घट्ने बताए। उनले भने, “गरेका काम भन्न नसक्ने, नराम्रोलाई सच्याउन आँट नगर्ने हो भने विकास भन्ने कुरा मुस्किल र चुनौती पूर्णहुन्छ, उद्योगी व्यवसायीलाई जोखिम उठाउन आग्रह गर्छु, राज्य तपाईहरुको पक्षमा छ, सबैले मिलेर जाँदा देश बनाउन सकिन्छ।”

नेपाल अहिले पनि आर्थिक दबाबमा रहेको जनाउँदै उहाँले क्रमिक सुधार आउने र लय समात्ने विश्वास आफूले लिएको बताए। अप्ठ्यारो परिस्थितिमा नै जोखिम उठाएर विकास परियोजनालाई अघि बढाउने आँट केबलकार कम्पनीका अध्यक्ष चन्द्र ढकालले गरेको भन्दै उनले सातै प्रदेशमा एउटा–एउटा पर्यटकीय क्षेत्रमा केबलकार पु¥याउने उनको योजनाको प्रशंसा गरे। मौलाकालिका मन्दिर एउटा धार्मिक सांस्कृतिक र ऐतिहासिकस्थल भएको भन्दै प्रधानमन्त्री दाहालले तीन जिल्लाको सङ्गमका रुपमा रहेकाले देवघाट, नारायणी नदी यसको प्रभाव र योगदान सबैतिर फैलने बताए।

मौलाकालीकाको ऐतिहासिक र धार्मिक महत्वको चर्चा गर्दै उनले भने, “आज केबलकारको उद्घाटन गर्दैगर्दा यो क्षेत्र देशभरिका लागि एक पटक जाउँ जाउँ भन्ने क्षेत्र हुनपुग्यो, यो कार्यक्रम सुनिराख्नुभएका र हेरी राख्नुभएका दाजुभाइ दिदीबहिनी एक चोटी मौलाकालिका जानै पर्छ।” यस क्षेत्रलाई विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो। चितवनतर्फ मात्र नभएर नवलपरासीतर्फ पनि नारायणी नदीको तटिय क्षेत्रमा तटबन्धनको गृहकार्य अघि बढेको उनले जानकारी दिए।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मौलाकालिका मन्दिर ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको बताए। “यो अत्यन्तै पुरानो धार्मिकस्थल हो”, उनले भने, “यहाँका जनताले यस मन्दिरको उत्खनन गरेर भव्य मन्दिर बनाएपछि यहाँको धार्मिक महत्व बढेर अहिले देश विदेशबाट धार्मिक पर्यटक आउने गरेका छन्।” मौलाकालिका मन्दिरमा शक्तिप्रति आस्था राख्ने बढ्दै गएको अवस्थामा यहाँ निर्माण गरिएको केबलकारले पर्यटकको थप वृद्धिमा टेवा पु¥याउने उनले बताए।

नेपाली कांग्रेसका नेता एवं नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रतिनिधिसभा सदस्य प्रा डा शशाङ्क कोइरालाले यस जिल्लाको नाम नवलपुर नामकरण हुनुपर्ने बताए। “देश सङ्घीयतामा गएको छ वर्ष भइसकेको छ, यस जिल्लाको नाम अझै नामकरण हुनसकेको छैन”, प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउँदै कोइरालाले भने, “यस जिल्लाको नामकरण पनि अब गर्नुपर्छ, नवलपुर जिल्ला भनेर नामाकरण गर्नुपर्छ सम्माननीय प्रधानमन्त्री ज्यू।” भारतसँग नाका जोडिएको गण्डकी प्रदेशकै एकमात्रै भन्सार त्रिवणी भन्सार पनि यहीँ पर्ने जनाउँदै उनले यसको समेत स्तरोन्नति गर्नुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
स्थानीयको साझेदारीमा आइएमइ समूहको ५१ प्रतिशत लगानीमा सञ्चालनमा आएको केबलकारको लागत करिब रु दुई अर्ब रहेको केबलकारका अध्यक्ष ढकालले बताए।

यही वैशाख १ गतेबाट केबलकार सञ्चालनमा आइसकेको जनाउँदै उनले केबलकारको अपर स्टेशनमा चार तारे होटल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको बताए। उनले आगामी छ महिनाभित्र ६० कोठासहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आउने जनाउँदै केबलकार र होटलमा गरी करिब दुई सयलाई प्रत्यक्ष रोजगारी सिर्जना गरिने बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घका समेत अध्यक्ष रहनुभएका ढकालले नवलपुरमा रहेको ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्पदालाई सबै नेपाली समक्ष पु¥याउन सघाउने गरी केबलकार सञ्चालनमा ल्याएको बताए। उनले नेपालका सातवटै प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबलकार सञ्चालनका लागि आइएमइ समूहले प्रक्रिया अगाडि बढाइसकेको बताए। “बुटवलमा केबलकार निर्माण अन्तिम चरणमा छ, हामीले पाथीभरादेखि सुदूरपश्चिमसम्म केबलकार सञ्चालन गर्ने प्रक्रिया अघि बढाएका छौँ”, उनले भने, “पर्यटकीय गतिविधि सञ्चालन गर्दै मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउने हाम्रो योजना हो।”

मन्दिर नजिक रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण भएको छ भने मौलाकालीका फेदीमा रहेको धारापानीमा बटम स्टेशन निर्माण गरिएको छ । केबलकारको एकतर्फी लम्बाइ एक हजार दुई सय मिटर छ। यसका लागि छ वटा टावर निर्माण गरिएको छ। केबलकारमा १४ डब्बा (गोन्डला) रहेका छन्। एउटा डब्बामा एक पटकमा आठ यात्रु अटाउने क्षमता छ। हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्दछ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०, ०७:१७:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
  • पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
  • नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
  • शेयर लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. महतको आग्रह
  • दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
  • सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’
  • ताजा समाचार
  • ट्रेण्डिङ
गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
शेयर लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. महतको आग्रह
शेयर लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. महतको आग्रह
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत 1
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’ 2
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत 3
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित 4
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो 5
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP