भारतको एम्स अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएको छ।
दिल्लीस्थित नेपाली दूताबासका अनुसार स्वास्थ्यमा राम्रो सुधार भएकाले भोलिसम्ममा डिस्चार्ज हुनसक्ने सम्भावना छ।
राष्ट्रपति पौडेल ६ वैशाखमा उपचारका लागि भारत गएका थिए। फोक्सोमा पानी जमेको पाइएपछि थप उपचारका लागि चिकित्सकहरुको सल्लाहमा उनलाई एम्स लगिएको थियो।
