चितवन क्षेत्र नं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी भएका छन्।
निकटतम प्रतिस्पर्धीभन्दा ४२ हजार नौ सय ६२ बढी मत ल्याएर उनी विजयी भएका हुन्। विजयी लामिछानेले ५४ हजार एक सय ७६ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार दुई सय १४ मत पाएका छन्। यस्तै नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत पाएका छन्।
चितवन क्षेत्र नं–२ मा खसेको ७८ हजार छ सय ६४ मध्मध्ये एक हजार एक सय ९८ बदर भई ७७ हजार चार सय ६६ सदर भएको थियो।
बिजयी भएपछि लामिछानेलाई मंगलबार नै निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको थियो। मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले मतगणना स्थल औद्योगिक प्रदर्शनी केन्द्रमा निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेका हुन्।
प्रमाणपत्र पाएपछि लामिछानेले १०० दिनभित्र जुगेडी खोलाको पिउने पानी चितवनमा ल्याउने प्रतिबद्धता जनाए।