कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उनले बिहिबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कृष्णकुमार विसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा उर्मिला विकलाई नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका थिए।
प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम कार्यविभाजनसहित मन्त्रिपरिषद् गठन गरेका हुन्। गत चैत २५ गते नेकपा एमालेका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले सरकारबाट राजिनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा कांग्रेसले तीन मन्त्रीको नाम सिफारिस गरेको थियो।
योजनामन्त्री सिंह जाजरकोट प्रदेशसभा ९१० उद्योगमन्त्री विसी, दैलेख क्षेत्र नं १ ९१० र सामाजिक विकासमन्त्री पोखरेले सुर्खेत क्षेत्र नं १ ९१० र ऊर्जामन्त्री विक डोल्पाबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।