एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको २ हप्तामै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए ।
आइतबार एमालेका आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले राजीनामा दिएका थिए ।
एमाले सरकारबाट फिर्ता भएसँगै कर्णालीमा कांग्रेसलाई सरकारमा जान बाटो खुलेको छ ।
४० सिट भएको कर्णाली प्रदेशसभामा सबैभन्दा ठूलो कांग्रेसको १४, माओवादीको १३, एमालेको १०, नेकपा एस, राप्रपा र स्वतन्त्रका एकएक सांसद छन् । ठूलो दलका रुपमा कांग्रेसले यहाँ मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ ।