सरकारले वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ । शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बनेका छन्।कुँवरले आइतबारदेखि नै कार्यभार सम्हाल्ने छन्। कुँवरसँगै टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार थिए । आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अवकाश पाएका छन् ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह भने ३० वर्षे सेवा अवधिका कारण आज राति १२ बजेबाट अवकाश पाउँदै पाउँदैछन् । उनी अवकास हुन लाग्दा सरकारले नयाँ आईजीपी नियुक्त गरेको हो।
शुक्रवार आईजीपी नियुक्त भएका कुँवर आफ्नो ब्याचमा एक नम्बरका अतिरिक्त महानिरीक्षक (एआईजी) थिए ।२०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कुँवरमा ‘हाकिम शैली’ नदेखिएको उनी निकट प्रहरी अधिकारीहरू बताउँछन् । अर्घाखाँचीको सन्धिखर्कस्थित तुम्कोटमा जन्मेहुर्केका कुँवर नेपाल प्रहरीको सर्वोच्च पद (आईजीपी) नियुक्त भएका छन् ।