राष्ट्रिय तथ्यांक कार्यालयले १२ औँ जनगणना २०७८ को अन्तिम प्रतिवेदन आज सार्वजनिक गरिएकाे छ ।प्रतिवेदनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका हुन्।अन्तिम प्रतिवेदन अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मात्रै रहेको छ। यसअघि २०७८ माघ १२ मा दुई करोड ९१ हजार ४८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो।
विस्तृत र अन्तिम प्रतिवेदनमा भने २६ हजार ९०२ कम अर्थात दुई करोड ९१ लाख ६४ हजार ५७८ मात्रै देखिएको हो। कुल जनसंख्यामध्ये पुरुषको संख्या एक करोड ४२ लाख ५३ ५३ हजार ५५१ अर्थात् (४८.९८ प्रतिशत) र महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) छ । अन्य लिङ्गीको संख्या दुई हजार ९२८ देखिएको छ।
यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो। सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्ला रहेको छ। काठमाडौंमा मात्रै २० लाख ४१ हजार ५८७ जना जनसंख्या छ।
सबैभन्दा कम मनाङ जिल्लामा पाँच हजार ६८५ जना रहेका छन्। भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (एक करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४.३१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ।